४ देशीय क्रिकेट प्रतियोगिता खेल्ने महिला टोलीमा को को परे ? (खेलतालिका)

४ देशीय क्रिकेट प्रतियोगिता खेल्ने महिला टोलीमा को को परे ? (खेलतालिका)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- युगान्डामा हुने ४ देशीय महिला क्रिकेट प्रतियोगितामा लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार साँझ १४ सदस्यीय टोली घोषणा गरेको हो ।

टीममा यू–१९ टोलीका रिया शर्मा, पूजा महतो, अलिशाकुमा यादव र रचना चौधरी टोलीमा छन्। टोलीमा अलराउन्डर सीता रानामगर समेटिएकी छैनन्।

प्रतियोगिता आगामी मार्च ६ देखि १७ सम्म हुने छ ।

प्रतियोगितामा ८ मार्चमा नेपालले नामिबियासँग पहिलो खेल खेल्नेछ। यस्तै आयोजक युगान्डासँग ९ मार्च र हङकङसँग १० मार्चमा खेल हुनेछ।

डबल राउन्ड रोबिनको प्रतिस्पर्धा पछि अंक तालिकाको पहिलो र दोस्रो हुने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ भने तेस्रो र चौथोबीच तेस्रो स्थानको खेल हुनेछ।

नेपाली टोली
इन्दु बर्मा (कप्तान), बिन्दु रावल, रिया शर्मा, सम्झना खड्का, ममता चौधरी, पूजा महतो, राजमती ऐरी, कविता जोशी, रुबिना छेत्री, अलिशा कुमारी यादव (विकेटकिपर), रोमा थापा, रचना चौधरी, साना प्रवीण, ईश्वरी बिष्ट।