काठमाण्डु- महिला टी–२० विश्वकप क्रिकेटको एसिया छनोट शुक्रबारदेखि सुरु हुँदैछ । पहिलो दिन नेपालले थाइल्यान्डको एसियन टेक्नोलोजी मैदानमा शुक्रबार बिहान ८ः४५ बजे हङकङको सामना गर्दैछ।
नेपाल रहेको समूह ‘सी’ हङकङसँगै बहराइन पनि छ। छनोट खेलका लागि नेपाली महिला टोली यसअघि नै थाइल्यान्ड पुगेर अभ्यास गरेको छ ।
एसिया छनोटमा ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। समूह एमा आयोजक थाइल्यान्डसँगै कुवेत र भुटान छन्। समूह बीमा मलेसिया, कतार र संयुक्त अरब इमिरेट्स छन्।
हरेक टोलीले आफ्नो समूहमा रहेका दुवै टोलीसँग दुई दुई खेल खेलेपछि शीर्षस्थानमा रहने टिम सुपर ३ मा छनोट हुनेछन्ने
पालले दोस्रो खेल बहराइनसँग शनिबार र मंगलबार हङकङसँग तेस्रो तथा समूहको अन्तिम खेल बिहीबार बहराइनसँग खेल्नेछ।
समूह चरणको खेलपछि शीर्ष तीन टोलीबिच खेल हुनेछ। सुपर–३ का शीर्ष २ टोली ग्लोबल छनोटमा पुग्नेछन्।




प्रतिक्रिया