काठमाण्डु – नेपालमा पहिलोपटक काठमाण्डु स्पोर्ट्स इभेन्ट्स प्रालिको आयोजनामा फ्रेन्चाइज इन्डोर प्रिमियर लिग क्रिकेट हुने भएको छ ।
आगामी भदौ २३ गतेदेखि २८ गतेसम्म काठमाण्डुको चुनिखेलमा पे्रmन्चाइज प्रिमियर इन्डोर क्रिकेट लिग हुन लागेको हो ।
बिहीबार काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै पे्रmन्चाइज प्रिमियर इन्डोर क्रिकेट लिग हुने आयोजनले जानकारी दिएको छ ।
कूल १० ओभरमा हुने लिगमा १० वटा फ्रेन्चाइज टीमको प्रतिस्पर्धा हुनेछ । बुढानीलकण्ठ नगरपालिकास्थित चुनिखेलमा रोयल स्पोर्ट्स पार्कमा लिग हुनेछ । सिंगल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा हुनेछन् ।
लिगको शीर्ष ४ टोलीले सेमिफाइनलमा पुग्नेछन् । विजेताका लागि इन्डोर क्रिकेटको सर्वाधिक पुरस्कार राशि पुरस्कार व्यवस्था गरिएको र यसबारे आयोजकले केही दिनमा सार्वजनिक गर्ने आयोजकले जनाएको छ । लिगको टेक्निकल डाइरेक्टर रवीन्द्र गुप्ताले टीम खरिद र खेलाडीको अक्सन हुने बताए ।
एक जना मार्कीका साथै क्याटगोरी ‘ए’, ‘बी’ र ‘सी’ वर्गीकरण गरी खेलाडीले आफ्नो नाम दर्ता गर्न पाउनेछन् । राष्ट्रिय खेलाडीलाई मार्कीमा राख्नुपर्ने आयोजकले जनाएको छ ।
क्याटगोरीको ‘ए’ खेलाडीले १५ देखि २५ हजार, ‘बी’ खेलाडीले १०–१५ हजार र ‘सी’ क्याटगोरीको खेलाडीले ५ देखि १० हजार रुपैयाँ मूल्य तय गरिएको छ । हरेक खेलाडीले आफ्नो नाम दर्ता गराउनुपर्नेछ ।
लिगमा एउटा फ्रेन्चाइज टीमले कूल १ लाख ५० हजार खर्च गर्न पाउनेछ । टीम खरिद गर्न न्युनतम १ लाख ५० हजारसम्म तोकिएको प्रतियोगिताका डाइरेक्टर ज्योति भण्डारीले बताइन् ।
प्रतिक्रिया