काठमाण्डु – राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापति ठाकुर गैरेले टीयू क्रिकेट मैदानमा भएको काम सन्तोषजनक रहेको बताएका छन् ।
सोमबार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको तर्फबाट अनुगमन गर्दै उनले साउन महिनाभरमा निर्धारित गरिएका टेण्डर बमोजिमका सबै कामहरू सम्पन्न गर्न सकिन्छ भन्ने उद्देश्यका साथ काम भइरहेको बताए ।
फल्ड लाइटको पनि काम र ग्राउन्डको काम सकेर जडानको काम अन्तिम चरणमा भएको जानकारी प्राप्त गरेको उनले बताए ।
क्रिकेट मैदान र त्रिभुवन विश्वविद्यालयबिच सम्झौता, क्यानसँगको सम्झौता लगायत परियोजना सञ्चालन गर्ने सवालमा उत्पन्न समस्यालाई समितिका तर्फबाट नीतिगत पक्ष र कार्यान्वयनको अवस्थाका बारेमा सरकारलाई दिनुपर्ने सुझाव दिने बताए ।
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो निर्णय ३२० दिनभित्र सम्पन्न गर्ने घोषणा भएको हुँदा परियोजना अहिले चासोको विषय बनेको उनले बताए ।
उनले बनिरहेको क्रिकेट मैदानलाई सम्पन्न गराउन चाहेको भन्दै समितिका तर्फबाट आवश्यक सहयोग गर्ने बताए ।




प्रतिक्रिया