अभ्यास सिरिजमा नेपाल ‘ए’लाई टी–२० सिरिजको उपाधि

अभ्यास सिरिजमा नेपाल ‘ए’लाई टी–२० सिरिजको उपाधि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आसाम प्रदेश क्रिकेट संघ विरुद्धको टी–२० अभ्यास सिरिज नेपालले जितेको छ ।

भारतको गुवाहटीमा सोमबार भएको सिरिजको पाँचौं तथा अन्तिम खेलमा नेपालले आसामलाई ४४ रनले हराउँदै सिरिज ३–२ ले जितेको हो ।

जीतका लागि नेपालले दिएको २०९ रनको लक्ष्य पछ्याएको घरेलु टोली आसाम निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १६४ रनमा समेटिएको थियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा २०८ रन बनाएको थियो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक ६४ रन बनाए । शुभ कंसाकारले ४१  र इशान पाण्डेले ३२ रन जोडे । बलिङमा आसामका आयुष्मान मलाकार र अभिनव चौधरीले २/२ विकेट लिए ।

यसअघि सिरिजको पहिलो खेलमा नेपाल १५ रन र दोस्रो खेलमा ९६ रनले विजयी भएको थियो । तेस्रो खेलमा नेपाल ९ रन र चौथो खेलमा १८ रनले पराजित भएको थियो ।