यूएईविरुद्ध नेपाल १ रनले जित्यो

यूएईविरुद्ध नेपाल १ रनले जित्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) लाई १ रनले जितेको छ ।

सुरुमा ब्याटिङ गरेको नेपालले यूएईलाई १४१ रनको लक्ष्य दिएकोमा उसले सबै ओभर खेलेर ९ विकेटको क्षतिमा १३९ रन मात्रै बनाउन सक्यो ।

आईतबार ओमानको अल अमेरतमा भएको खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४० रनको योगफल खडा गरेको थियो ।

नेपालका ओपनर आसिफले ५१ रनको अर्धशतकीय इनिङ खेले । आसिफले ४७ बलमा ४ चौका र १ छक्का प्रहार गरे । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो नवौं अर्धशतक हो ।

अर्का ओपनर कुशल भुर्तेलले २६ बलमा २ चौका र २ छक्कासहित २८ रन थपे । यी दुईले पहिलो विकेटका निम्ति ५६ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए ।

आसिफ र भुर्तेलबाहेक, कप्तान रोहितकुमार पौडेलले २० र गुल्सन झाले ५ बलमा १४ रन जोडे । प्रतियोगितामा नेपाल समूह ‘बी’का दुवै खेल जित्दै सुपर–६ मा आएको हो । नेपालले समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो ।