रोहितको सतकमा नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

रोहितको सतकमा नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आईसीसी विश्वकप लिग–२मा नेपालले यूएईलाई २३४ रनको लक्ष्य दिएको छ ।

बिहीबार दुबईस्थित आईसीसी एकेडेमीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३३ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सतक हाने । उनले १३० बलमा १०९ रन जाेडे । १२६ बलमा सय रन पूरा गरेका उनी जाहिद अलीको बलमा क्याचआउट भए। 

यस्तै आशिफ शेखले ३५ रन, आरिफ शेखले २७, दिपेन्द्र सिंह ऐरीले २७ र करण केसीले १३ रन जोडे ।

यूएईका जुनैद सिद्दिकीले ३, जाहिद अलिले ४ विकेट लिए भने मोहम्मद रोहिद, हैदर अलिले १–१ विकेट लिए ।