आईसीसी विश्वकपमा नेपाल यूएईसँग ५ विकेटले पराजित

आईसीसी विश्वकपमा नेपाल यूएईसँग ५ विकेटले पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत बिहीबार भएको खेलमा नेपाल यूएईसँग पराजित भएको छ ।

बिहीबार दुबईस्थित आईसीसी एकेडेमीमा ओडीआई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपाल यूएईसँग ५ विकेटले पराजित भएको हो ।

नेपालले दिएको २३४ रनको लक्ष्य पछ्याएको यूएईले ४३ ओभर ३ बलमा ५ विकेटको क्षतिमा आफ्नो लक्ष्य पूरा गर्‍यो ।

यूएईका लागि ओपनर आर्यन्श शर्माले सर्वाधिक ९८ रन बनाए भने अलिशान सराफुले ४५ तथा मुहम्मद वासीमले २६ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ३४ रन दिएर २ विकेट लिए । करण केसी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको शतकमा ५० ओभरमा अलआउट हुँदै २३३ रन बनाएको थियो । बिहीबारको खेलमा रोहितले १३० बलमा १०९ रन बनाए भने आसिफ शेखले ३५, आरिफ शेखले २७ तथा दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए ।

यस शृंखलामा नेपालको लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा अमेरिकासँग १०६ रनले हार व्यहोर्न परेको थियो ।