काठमाण्डु – दुबईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकासँग ४ विकेटले पराजित भएको छ ।
शनिबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ रोजेको नेपालले अमेरिकासामु २७२ रनको लक्ष्य दिएको थियो ।
नेपालले दिएको २७२ रनको लक्ष्य पच्छ्याएको अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाउँदै रन पूरा गरेको छ । अमेरिकाका लागि साई तेजा मुकामल्ला र मिलिन्द कुमारले अर्धशतकीय खेल खेले ।
नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने नन्दन याद, करण केसी र गुल्सन झाले समान १–१ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ रोजेको नेपालका लागि अलराउण्डर दीपेन्द्रसिंह ऐरीले ७५ रनको अर्धशतकीय इनिङ खेले । ६७ बलमा उनले २ चौका र ३ छक्का प्रहार गरे । ऐरीले ४३ बलमा अर्धशतक पूरा गरेका थिए ।
उत्कृष्ट फिनिसिङ गर्ने क्रममा आठौं नम्बरमा आएका करण केसीले ३१ रनमै ४९ रन बनाए । उनी अर्धशतक बनाउनबाट १ रनले मात्रै चुके । सो क्रममा उनले २ चौका र ३ छक्का प्रहार गरेका थिए । त्यस्तै कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३, कप्तान रोहित पौडेलले ३६ रन बनाए ।
अमेरिकाका लागि हर्मीत सिंहले १० ओभरमा ३३ रन दिएर ३ विकेट लिए । सौरभ नेत्रभल्कर र नोशथुस केन्जिगेले २–२ विकेट लिए भने जसदिप सिंह र शुभम रन्जानेले १–१ विकेट लिए ।
शनिबारको जीतसँगै अमेरिका लिग –२ को अंक तालिकाको शिर्ष स्थानमा छ । जारी खेलमा हार व्यहोरेको नेपाल अंक तालिकाको ७औं स्थानमा छ ।




प्रतिक्रिया