नेपालद्वारा यूएईसामु २४० रनको लक्ष्य

नेपालद्वारा यूएईसामु २४० रनको लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा जारी त्रिदेशीय शृंखलामा नेपालले घरेलु टीम यूएईलाई २४० रनको लक्ष्य दिएको छ ।

बुधबार दुबईमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३९ रन बनाएको हो ।

यूएईविरुद्ध नेपालका भीम सार्कीले सर्वाधिक ४८ रन बनाए । मध्यक्रमका ब्याटर कुशल मल्लले ५१ बलमा १ चौका र ३ छक्कासहित ४६ रन बनाए ।

ओपनर आसिफ सेखले ४८ बलमा ४ चौकासहित ३४ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३७ रन थप्दा आरिफ सेखको नाममा ३० रन रह्यो । १०औं नम्बरमा ब्याटिङका निम्ति आएका सन्दीप लामिछानेले अविजित १५ रन जोडे ।

कुशल मल्ल र सन्दीप लामिछानेले नवौं विकेटका निम्ति ४२ रनको साझेदारी गरेका थिए ।