नेपाललाई पहिलो सफलता, विक्रमले लिए विकेट


काठमाण्डु – नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ । सोमवार ओमानको मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको अमेरिकाले पहिलो विकेट गुमाएको हो ।

अमेरिकाका स्टेभ टेलर क्याच आउट भएका हुन् । उनी चौथो ओभरको पाँचौं बलमा १४ रन बनाएर आउट भए । अमेरिकाले चार ओभरको समाप्तीमा १ विकेट गुमाएर १७ रन बनाएको छ । नेपालले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement