काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलार्ई ५३ रनले पराजित गरेको छ ।
विराटनगरले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै २२१ रनको लक्ष्य दिएको थियो ।
पोखरा एभेन्जर्सलाई १८.५ ओभरको खेलमा विराटनगरले अलआउट गर्दै ५३ रनले जित हासिल गर्न सफल भएको छ ।
विराटनगरमा सन्दीप लामिछाने कप्तान छन् भने पोखरामा कुशल भुर्तेल कप्तान रहेका छन् ।
यसअघि मंगलबार भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउँदै चितवनले विजयीको सुरूवात गरेको छ । सोमबार भएको पहिलो खेलमा भने काठमाण्डुले जीत निकालेको थियो ।




प्रतिक्रिया