एसीसी यू–१९ प्रिमियर कपको लागि नेपाली क्रिकेट टोलीलाई बिदाइ

एसीसी यू–१९ प्रिमियर कपको लागि नेपाली क्रिकेट टोलीलाई बिदाइ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ ।

मंगलबार क्यानले एसीसी यू–१९ प्रिमियर कप खेल्न दुबई जाने युवा राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामनासहित बिदा गरेको हो ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले टोलीलाई शुभकामना दिँदै आएको राम्रो अवसर गुमाउन नहुने बताए । उनले भने, ‘टोलीलाई हृदयदेखि नै शुभकामना दिन चाहन्छु । एसीसी प्रिमियर कप जुन भइरहेको छ, त्यसका लागि तपाईंहरू एकदमै भाग्यमानी हो । तपाईंहरूले आफूलाई कमजोर ठान्नुभएन र कसैले ठानेको छ जस्तो पनि मलाई लागेको छैन । तपाईंहरूले राम्रो अवसर पाउनुभएको छ, यसलाई नगुमाउनुहोला ।’

क्रिकेटले धेरै बाटो खोलिदिएको कारण पनि एकदमै मेहनत गर्नुपर्ने उनले बताए । एसीसी यू–१९ प्रिमियर कप खेल्ने १४ सदस्यीय नेपाली टोलीको कप्तानी अशोक धामीले गरिरहेका छन् भने निरज यादव विकेटकिपरको भूमिकामा रहनेछन् ।

घोषित टीममा निश्चल क्षेत्री, आशिष लोहार, सुशील रावल, सिब्रिन श्रेष्ठ, दर्श सोनार, दयानन्द मण्डल, दिलसाद अली, नितेश पटेल, चन्दन राम, रोशन विक, अपराजित पौडेल र वंस क्षेत्री छन् ।