हर्मितको अर्धशतकमा काठमाण्डुलाई सुदूरपश्चिमको १४८ रनको लक्ष्य

हर्मितको अर्धशतकमा काठमाण्डुलाई सुदूरपश्चिमको १४८ रनको लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा काठमाण्डु गोर्खाजलाई सुदूरपश्चिम रोयल्सले १४८ रनको लक्ष्य दिएको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरको अन्तिम बलमा अलआउट हुँदै १४७ रन बनाएको हो ।

सुदूरपश्चिमका कप्तान दिपेन्द्रसिंह ऐरीले ३० बलमा ३ चौका र १ छक्काको सहयोगमा ३९ रन बनाएर आउट भएका थिए । हर्मित सिंहले १९ बलमा ५० रन पूरा गरेर अर्धशतक बनाएका थिए ।