काठमाण्डु – सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको आफ्नो पहिलो म्याच जितेको छ ।
भारतीय मूलका अमेरिकी खेलाडी हर्मित सिंहको अलराउन्ड प्रदर्शनले गत वर्षको उपविजेता सुदूरपश्चिमले बुधबार काठमाण्डु गोर्खाजलाई २९ रनको अन्तरले पराजित गरेको छ ।
बुधबार सुदूरपश्चिमले प्रस्तुत गरेको १४८ रनको लक्ष्य पछ्याएको काठमाण्डु १६.५ ओभरमा ११८ रनमै समेटियो । काठमाण्डुका लागि आकाश त्रिपाठीले ३४, जोहन सिम्पसनले २४, भीम सार्कीले १२, मिलिन्द कुमारले ११ र सन्नी पटेलले १० रन बनाए ।
सुदूरपश्चिमका लागि स्कट कुगेलेइन, हेमन्त धामी हरमित सिंहले २/२ तथा इशान पाण्डे, नरेन साउँद र अभिनाश बोहराले १/१ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा विकेट गुमाउँदै १४७ रनको योगफल तयार पारेको थियो ।
सुदूरपश्चिमका लागि हरमित सिंहले २० बलमा ६ छक्का र १ चौकाको मद्दतले सर्वाधिक ५३ रनको योगदान गरे । कप्तान दीपेन्द्रसिंह ऐरीले ३९, आरिफ शेखले २५ र इशान पाण्डेल ११ रन बनाए ।
काठमाण्डुका लागि कप्तान करण केसीले ४ तथा सन्नी पटेल, मिलिन्द कुमार र राशिद खानले २/२ विकेट लिए ।
यसअघि काठमाण्डुले साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको थियो ।




प्रतिक्रिया