काठमाण्डु – दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) अन्तगर्त शनिबार भएको दोस्रो खेलमा काठमाण्डु गोर्खाजले विराटनगर किङ्सलाई १३५ रनको लक्ष्य दिएको छ ।
शनिबार भएको दोस्रो खेलमा काठमाण्डुले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३४ रन बनाएको हो ।
विराटनगर किङ्सले टस जितेर पहिले बलिङ रोजेपछि काठमाण्डुले ब्याटिङको निम्तो पाएको हो । काठमाण्डुका लागि आदिल आलमले सार्वधिक ४८ रनको योगदान दिए । बेन चार्ल्सवर्थले ३२ रनको पारी खेले । सन्तोष यादवले २६ रनको योगदान दिए, अन्यको प्रदर्शन सम्झनलायक रहेन ।
विराटनगरका लागि मर्चेन्ट डे लाङले २ विकेट लिए । शुभम रन्जाने, सूर्य तामाङ र सन्दीप लामिछानेले १–१ विकेट लिए ।
विराटनगरले जवाफी व्याटिङ गर्दैछ । शनिबारको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गरेको थियो ।




प्रतिक्रिया