एनपीएलको दोस्रो संस्करणमा विराटनगरको लगातार दोस्रो जीत

एनपीएलको दोस्रो संस्करणमा विराटनगरको लगातार दोस्रो जीत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) अन्तगर्त शनिबार भएको दोस्रो खेलमा विराटनगर किङ्सले ५ विकेटले जीत हासिल गरेको छ ।

शनिबार भएको दोस्रो खेलमा विराटनगर किङ्सले १७.१ ओभरको खेलमा ५ विकेट गुमाउँदै १३५ रनको लक्ष्य पूरा गरेको हो ।

काठमाण्डुले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३४ रन बनाएको थियो । विराटनगर किङ्सले टस जितेर पहिले बलिङ रोजेपछि काठमाण्डुले ब्याटिङको निम्तो पाएको छ ।

खेलमा मोहम्मद अदिल आलमले २५ बलमा अविजित रहँदै ४८ तथा बेन चाल्सवर्थले ३३ बलमा ३२ रन बनाए । विराटनगरका मर्चेन्ट डे लाङ्गेले २ विकेट लिए । काठमाण्डुले तेस्रो खेल खेलेको हो । पहिलो खेल जितेको काठमाण्डुले त्यसपछिका दुवै खेल हारेको छ ।

८ टीम सहभागी एनपीएलमा अहिलेसम्म सुदूरपश्चिम र विराटनगरले मात्र लगातार २ खेल जितेका छन् । कर्णाली, लुम्बिनी र चितवनले १ खेलमा जीत र १ मा हार व्यहोरेका छन् । काठमाण्डुले ३ मध्ये १ खेल जितेको छ भने २ खेल हारेको छ । पोखराले दुवै खेल हारेको छ, जनकपुरले १ खेल हारेको छ ।