काठमाण्डु – नेपाल क्रिकेट संघ(क्यान) ले दृष्टिविहीन नेपाली महिला क्रिकेट टीमलाई सम्मान गरेको छ ।
मंगलबार क्यानले एक कार्यक्रमको आयोजना गरी दृष्टिविहीन महिला क्रिकेट टीमलाई सम्मान तथा नेत्रहीन क्रिकेट संघलाई नगद १० लाख रुपैयाँ प्रदान गरेको हो ।
नेपाल दृष्टिविहीन महिला क्रिकेट टीम भारत एवं श्रीलंकामा सम्पन्न पहिलो संस्करणको दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकप २०२५ को उपविजेता रहेको थियो ।




प्रतिक्रिया