लुम्बिनी लायन्सविरुद्ध काठमाण्डु गुर्खाज २२ रनले विजयी

लुम्बिनी लायन्सविरुद्ध काठमाण्डु गुर्खाज २२ रनले विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको खेलमा लुम्बिनी लायन्सलाई काठमाण्डु गुर्खाजले २२ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डु गुर्खाजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५८ रनको लक्ष्य दिएको थियो ।

लक्ष्य पछ्याउँदै १३५ रन बनाएको लुम्बिनीलाई १९.१ ओभरको खेलमा काठमाण्डुले अलआउट गर्‍यो । काठमाण्डुका कप्तान करण केसीले अन्तिम विकेट लिएका हुन् ।

यसअघि ३ खेल खेलिसकेको काठमाण्डु र २ खेल मात्र खेलेको लुम्बिनीको समान २–२ अंक रहेको थियो ।