कर्णाली याक्ससामु पोखरा एभेन्जर्सको २०२ रनको लक्ष्य

कर्णाली याक्ससामु पोखरा एभेन्जर्सको २०२ रनको लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको लक्ष्य दिएको छ ।

टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २०१ रन बनाएको हो ।

पोखराका लागि ओपनर एडम रोसिङटनले शतक प्रहार गरे । एडम ५८ बलमा १०८ रनमा अविजित रहे । जेसोन रोय ४६ र कप्तान कुशल भुर्तेल १८ रनमा आउट भए धनन्जय लक्षन २३ रनमा अविजित रहे ।

बलिङमा कर्णालीका मार्क वाट र गुल्सन झाले १/१ विकेट लिएका छन् ।