काठमाण्डु– एसीसी यू–१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । आज दुबईमा भएको खेलमा बंगलादेशले नेपाललाई ७ विकेटले हरायो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले बंगलादेशलाई १३१ रनको लक्ष्य दिएको थियो ।
बंगलादेशले ३ विकेट गुमाएर २४.५ ओभरमै लक्ष्य भेट्टायो । बंगलादेशका लागि ओपनर जवाद आब्ररले अविजित ७० रन जोडे ।
नेपालका अभिषेक तिवारी र युवराज खत्रीले एक–एक विकेट लिए ।
यसअघि नेपालका अभिषेक तिवारीले सर्वाधिक ३० रन, ओपनर साहिल पटेलले १८, निरज यादवले १४, आशिष लुहारले २३ रन बाहेक अरु ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।
बंगलादेशका बलर मोहम्मद सोबुजले सर्वाधिक तीन विकेट लिए । साद इस्लाम र शाहरियार अहमदले २२ विकेट लिए ।
नेपाल पहिलो खेलमा श्रीलंकासँग ८ विकेटले पराजित भएको थियो ।




प्रतिक्रिया