काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान)ले द्वारा २०२६ को खेल तालिका सार्वजनिक गरेको छ ।
क्यानले शनिबार काठमाण्डुमा पत्रकार सम्मेलन गरी एक वर्ष पुरुष र महिला क्रिकेटको तालिका सार्वजनिक गरेको हो ।
क्यानले वर्षभर नै घरेलु र अन्तर्राष्ट्रिय खेल हुने गरी क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको हो ।
तालिकाअनुसार यो वर्ष २८ घरेलुु प्रतियोगिता हुनेछन् भने ३२ अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली महिला र पुरुष टोली सहभागी हुनेछ ।
यो वर्ष नेपालले महिला टी–२० विश्वकपको ग्लोबल छनोट आयोजनादेखि पुरुष टी–२०विश्वकपमा सहभागिता जनाउने छ ।






प्रतिक्रिया