इङ्ल्यान्डसँग नेपाल ४ रनले पराजित

इङ्ल्यान्डसँग नेपाल ४ रनले पराजित


काठमाण्डु – आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा इङ्ग्ल्याण्डसँग नेपाल ४ रनले पराजित भएको छ ।

सोमबार भारत मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा इङ्ग्ल्याण्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपाल ४ रनले पराजित भएको हो ।

नेपालले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १८० रन जोडन पुग्यो ।

इङ्ग्ल्याण्डका लागि बेथेलले ३५ बलमा ४–४ चौका र छक्काको मद्दतले सर्वाधिक ५५ रनको योगदान गरे । यसैगरी ब्रुकले ३२ बलमा ४ चौका ३ छक्कासहित ५३, विल ज्याक्सले अविजित ३९ र जोस बटलरले २६ रन बनाए ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४४, रोहित पौडेलले ३९, कुशल भुर्तेलले २९ रन जोडे । लोकेश बम ३९ रनमा अविजित रहेका छन् ।

बलिङतर्फ इङ्ल्यान्डका लियाम डासनले २ तथा विल ज्याक्स, साम करन, जोफ्रा आर्चर र लुक वुडले १–१ विकेट लिए ।

नेपालका लागि बलिङतर्फ दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २–२ तथा सन्दीप लामिछाने र शेर मल्लले १–१ विकेट लिएका थिए ।