वेस्टइन्डिजमाथि दक्षिण अफ्रिकाको शानदार जीत

वेस्टइन्डिजमाथि दक्षिण अफ्रिकाको शानदार जीत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आईसीसी टी–२० विश्वकप २०२६ को सुपर–८ को खेलमा दक्षिण अफ्रिकाले लगातार दोस्रो खेलमा जीत निकालेको छ ।

बिहीबार भएको खेलमा दक्षिण अफ्रिकाले वेस्टइन्डिजमाथि ९ विकेटको शानदार जीत निकालेको हो ।

वेस्टइन्डिजले दिएको १७७ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६.१ ओभरमा १ विकेटको क्षतिमा पूरा गरेको छ ।

दक्षिण अफ्रिकाका लागि कप्तान तथा ओपनर एडिन मक्रमले नटआउट ८२ रन र रयान रिकेल्टनले नटआउट ४५ रन बनाए । मक्रमले ४६ बल खेलेर ७ चौका र ४ छक्का तथा रिकेल्टनले २८ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

त्यसअघि अर्का ओपनर क्वान्टन डी कक २४ बलमा समान ४–४ चौका र छक्का प्रहार गर्दै ४७ रन जोडेर आउट भएका थिए । चौथो ओभरमा महत्त्वपूर्ण ४ विकेट गुमाएको वेस्टइन्डिज १०.२ ओभरमा ७ विकेट गुमाएर ८३ रनमा थियो ।

त्यसपछि वेस्टइन्डिजका लागि जेसन होल्डर र रोमारियो शेफर्डले आठौं विकेटका लागि ८९ रनको साझेदारी गरे । जसका कारण उसले ८ विकेटको क्षतिमा १७६ रन बनायो ।

होल्डरले ३१ बलमा ४९ रन र शेफर्डले ३७ बलमा नटआउट ५२ रन बनाए । होल्डरले ४ चौका र ३ छक्का तथा होल्डरले ३ चौका र ४ छक्का प्रहार गरेका थिए । बलिङमा दक्षिण अफ्रिकाका लुङगी एनगिडीले ३ विकेट लिँदा कागिसो रबडा र कोर्विन बोचले २–२ विकेट लिए । एनगिडी र रबडा दुवैले चार ओभरभित्रै २–२ विकेट लिएका थिए ।

यस जीतसँगै दक्षिण अफ्रिका सेमिफाइनलको नजिक पुगेको छ । सुपर ८ मा दोस्रो जीत निकालेको अफ्रिकाले यसअघि भारतमाथि ७६ रनको एकतर्फी जीत निकालेको थियो ।