आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीका लागि इन्दुको कप्तानीमा नेपाली टोली घोषणा

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीका लागि इन्दुको कप्तानीमा नेपाली टोली घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान) ले रुवान्डामा आयोजना हुने ‘आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी’का लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा गरेको छ ।

आगामी अप्रिल १८ देखि मे १ सम्म सञ्चालन हुने प्रतियोगिताका लागि क्यानले सोमबार १४ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेको हो ।

घोषित टोलीको नेतृत्व इन्दु वर्माले गर्नेछिन् भने उपकप्तानको जिम्मेवारी पूजा महतोलाई दिइएको छ । टोलीका अन्य सदस्यहरूमा अनुभवी खेलाडी रुबिना क्षेत्रीसहित बिन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी र कविता कुँवर रहेका छन् ।

टोलीमा रिया शर्मा, रोमा थापा, सुमन बिष्ट, अनु कडायत, मनीषा उपाध्याय र रचना चौधरीले पनि स्थान बनाएका छन् ।

अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो बलियो उपस्थिति जनाउने लक्ष्यका साथ रुवान्डा जानुअघि नेपाली टोलीले विशेष बन्द प्रशिक्षण तथा अभ्यास कार्यक्रममा सहभागिता जनाउने क्यानले जनाएको छ ।