नेपाल र युएइ भिड्दै, ब्याटिङ सुधारको अपेक्षा

नेपाल र युएइ भिड्दै, ब्याटिङ सुधारको अपेक्षा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अघिल्ला दुई खेलमा एक जित र एक हार बेहोरेको नेपाली क्रिकेट टोलीले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय शृंखलाको तेस्रो खेलमा आज सोमबार संयुक्त अरब इमिरेट्स (युएइ)विरुद्ध खेल्दै छ ।

दुबइमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुने छ । नेपाल सन्दीप लामिछानेको कप्तानीमा छ । आज विशेषगरी नेपाली टिमले आफ्नो ब्याटिङ लाइनमा सुधार गर्नुपर्ने हुन्छ । अघिल्लो खेलमा नेपाल खराब ब्याटिङका बाबजुद पराजित हुन पुगेको थियो ।

यसअघि नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पिएनजी)लाई २ विकेटले हराउँदा दोस्रो खेलमा युएइसँग ४८ रनले पराजित भएको थियो ।

नेपाल र युएइबीच हालसम्म पाँच एकदिवसीय खेल हुँदा नेपाल २ खेलमा विजयी भएको छ भने युएइ तीन खेलमा विजयी भएको छ ।

प्रतियोगितामा नेपाल १० खेलमा ५ जित र ५ हारसहित १० अंकका साथ छैटौँ स्थानमा छ । युएइ १७ खेलमा ९ जित र ६ हारका साथ २० अंक जोड्दै दोस्रो स्थानमा छ ।

नेपालको टोली

सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सरार्फ र करण केसी