राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदुले दिए राजीनामा

राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदुले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दाशानायकेले राजीनामा दिएका छन् । आज पत्रकार सम्मेलन गरेर पुबुदुले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका हुन् ।

स्कटल्यान्ड जान अगाडी नै उनले क्यानलाई मेल मार्फत राजीनामा पत्र बुझाएको बताएका छन्  नेपाल क्रिकेट संघ (क्यान) विवादबिच फस्दै गएसँगै उनले प्रशिक्षकबाट यसअघि पनि २०७६ असारमा राजीनामा दिएका थिए।

गत मंसिरमा उनी दोस्रो कार्यकालको रुपमा दुई वर्षको लागि सम्झौता गरेका थिए। पुबुदुले पहिलो पटक सन् २०११ देखि २०१५ सम्म नेपाली क्रिकेट टिमको प्रशिक्षण सम्हालेका थिए।

दाशानायके प्रशिक्षक रहेको समय नेपालले सन् २०१४ मा टी-२० विश्वकप खेलेको थियो । नेपालले उक्त प्रतियोगितामा हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो। पछिल्लो समय नेपाली क्रिकेट टोलीको प्रर्दशन खस्किदैं गएपछि आलोचना बढ्दै गएको छ।