राष्ट्रिय क्रिकेट टिममा भारतीय ‘फिटनेस ट्रेनर’ हतकर नियुक्त

राष्ट्रिय क्रिकेट टिममा भारतीय ‘फिटनेस ट्रेनर’ हतकर नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली राष्ट्रिय क्रिकेट टिमका लागि ‘फिटनेस ट्रेनर’ नियुक्त गरिएको छ । नेपाली टिमको ‘फिटनेस ट्रेनर’मा भारतका आशय हतकरलाई नियुक्त गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

उनी मंसिर १० गतेदेखि सुरु हुने नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि फिटनेस ट्रेनर नियुक्त भएका हुन् । क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा बन्द प्रशिक्षणका लागि २२ खेलाडीलाई बोलाएको छ । बन्द प्रशिक्षण शुरु हुनुअघि ती सबै खेलाडी तथा प्रशिक्षकको पिसिआर परीक्षण गरिने क्यानले जनाएको छ ।

प्रशिक्षणका लागि बोलाइएका खेलाडीमा ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्रसिंह ऐरी (उपकप्तान), पारस खड्का, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, बसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, सुसन भारी, ललितनारायण राजवंशी, आरिफ शेख, पवन सराफ, अविनाश बोहरा, सुवास खकुरेल, रोहितकुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमलसिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की रहेका छन् ।

प्रशिक्षकमा जगत टमाटा रहेका छन् । वसन्त रेग्मी झण्डै डेढ वर्षपछि प्रशिक्षणमा फर्किएका छन्।