श्रीलंकाका क्रिकेटर कुशल मेन्डिस पक्राउ

श्रीलंकाका क्रिकेटर कुशल मेन्डिस पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – श्रीलंकाका क्रिकेटर कुशल मेन्डिस पक्राउ परेका छन् । आइतबार विहान दक्षिण कोलम्बोमा उनले चलाएको गाडीको ठक्करबाट साइकल चालकको मुत्यु भएपछि उनी पक्राउ परेका हुन् ।

कारको ठक्करबाट घाइते भएका ६४ वर्षीय साइकल चालकलाई अस्पताल लगिए पनि उनको मृत्यु भएको थियो ।मेन्डिस गत बुधबार सकिएको श्रीलंकाको अभ्यास क्याम्पमा सहभागी थिए ।

श्रीलंकाका लागि ४४ टेस्ट, ७६ एकदिवसीय र २६ टी–२० खेलेका विकेटकिपर ब्याट्सम्यान मेन्डिसले टेस्टमा ७ र एकदिवसीय खेलमा २ शतक प्रहार गरेका छन ।