भारतीय क्रिकेटर मनप्रीत गोनीले लिए सन्यास


एजेन्सी – भारतीय क्रिकेटर मनप्रीत गोनीले सन्यास लिएका छन् । भारतीय खेलाडीहरुले घरेलु लिग लगाएतमा प्रतिस्पर्धा गरिरहेका बेला अन्य विदेशी लिग खेल्न नपाउने प्रावधान रहेकै कारण उनले भारतीय टिमका सबै फरम्याटबाट सन्यासको घोषणा गरेका हुन् ।

उनी पनि अब ग्लोबल टी–२० क्यानडा खेल्ने छन् । पञ्जाबका ३५ वर्षीय गोनीले पञ्जाव क्रिकेट एशोसिएशनलाई पत्र पठाउँदै भारतीय क्रिकेटबाट विदा भएको घोषणा गरेका हुन् । गोनीले भारतका लागि २ वटा एक दिवसीय क्रिकेटमा सहभागिता जनाएका थिए । तर उनको प्रदर्शनले भारतीय टिममा लामो समयसम्म स्थान बनाउन सकेनन् र उनी घरेलु लिगमा मात्रै देखिएका थिए ।

मनप्रीतले २००८ मा पाकिस्तानमा भएको एशियाकपमा हङकङविरुद्ध डेब्यू गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement