डिसिएको क्रिकेट टोली मुम्बइ प्रस्थान


धनगढी – धनगढी क्रिकेट एकेडेमी ९डिसिए०को टोली १० दिने खेल भ्रमणका लागि आईतबार मुम्बई प्रस्थान गरेको छ । टोलीले मुम्बईका विभिन्न क्लब तथा एकेडेमीसँग सात एकदिवसीय खेल खेल्न लागेको डिसिएले जनाएको छ ।

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले टोलीलाई बिदाइ गर्दै क्रिकेट खेलमा विकासका लागि नगरपालिकाले आगामी दिनमा बजेट विनियोजन गरिने प्रतिबद्धता व्यक्त गरे । धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले मुम्बई भ्रमणले राष्ट्रका लागि प्रतिभावान् खेलाडी उत्पादन गर्न सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

टोलीमा सुबोध ऐर, सिजन कुँवर, सन्दीप आउजी, विनोद विष्ट, राजेन्द्र लोहनी, सोनु मण्डल, रोहन विकलगायत खेलाडी छन् । प्रशिक्षकमा दीपेन्द्र चौधरी र व्यवस्थापकमा भरत जोशी समेत टोलीमा समावेश छन् । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement