मूल्यहिन पत्थर करोडौं पर्ने भन्दै बेच्न खोज्ने पक्राउ

मूल्यहिन पत्थर करोडौं पर्ने भन्दै बेच्न खोज्ने पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – गैरकानूनी रुपमा पत्थर ओसारपसार गरेर करोडौं मूल्य पर्ने भन्दै झुक्याएर कारोवार गर्ने ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा काभ्रे पनौती नगपालिका–४ बस्ने बेथानचोक गाउँपालिका–४ घर भएका ६२ वर्षीय नबराज खड्का, झापा गौरादह नगरपालिका–१ घर भएका ३८ वर्षीय हरि खापुङ, झापा शिबसताक्षीधाम नगरपालिका–४ घर भएका ३७ वर्षीय यम कुमार गिरी, मोरङ बुढिगंगा गाउँपालिका–५ घर भएका २५ वर्षीय लोक बहादुर सार्की र रौतहट चन्द्रपुर नगरपालिका–१ घर भएका ३३ वर्षीय भिम बहादुर लामा रहेका छन् ।

काभ्रे पनौतीका स्थानीयले उक्त पत्थरहरु झुक्काएर कारोवार गर्न लागेको सूचना प्रहरीलाई दिएका थिए । महानगरीय अपराध महाशाखामा टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उक्त कोठाबाट बिभिन्न रङका मोजनाईट, काईनेटिक, ब्ल्याक स्टोन, ग्रिन डायमण्ड जस्तो देखिने पत्थर, एलबि डायमण्ड जस्तो देखिने पत्थर, फेन्सि डायमण्ड जस्तो देखिने स्टोन, पुष्पराजहरु, निलम, लसुनिया, रुबीहरु समेत गरी जम्मा ५ हजार ६१ दशमलब ९९ क्यारेट र पहेंलो धातुमा जडित औंठी ८ दशमलब ९३ ग्राम समेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका व्यक्तिहरुलाई बरामद सामान सहित आवश्यक कारवाहीको लागि त्रिभुवन बिमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।