काठमाडौं – काठमाडौंमा एक जना बंगलादेशी नागरिकको हत्या भएको छ । बंगालादेशबाट क्यासिनो खेल्न नेपाल आएका उनको आफ्नै साथीले हत्या गरेका हुन् ।
माघ ६ गते काठमाडौं आएका बंगलादेशका नागरिक मोहिद्दिन अहमदको माघ ७ गते हत्या भएको प्रहरीको आशंका छ । प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा अहमदसँगै आएका उनका साथी दुल्लामियालाई पक्राउ गरेको छ ।
उनीहरू सोल्टीमोडस्थित होटल ग्रान्ड भिल्लामा बसेका थिए । दुल्लिमियाले बोतलले अहमदको टाउको घाँटीमा प्रहार गरेका थिए ।
त्यसपछि उनी ७ गते साँझ वीरगन्जको बस चढेर झापा पुगेका थिए । होटलले भने ८ गते मात्रै प्रहरीलाई खबर गरेको थियो । सँगै आएका साथीलाई नदेखेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो ।
दुल्लिमियालाई झापाको काँकडभिट्टा नाकाबाट भारत भाग्दै गरेको अवस्थामा प्रहरीले बुधबार राति पक्राउ गरेको हो । घटनाबारे पत्रकार सम्मेलन गर्ने प्रहरी तयारी




प्रतिक्रिया