काठमाण्डु – सुनसरीमा एक युवकको हत्या भएको छ । पाँच दिनदेखि बेपत्ता भएका दुहबी नगरपालिका–३ का १७ वर्षीय सुजन चौधरीको सामेबार हत्या भएको अवस्थामा शव फेला परेको हो ।
मंसिर १० गते साथीको घर जान्छु भनेर हिँडेका सुजनको बव घरदेखि बरिक पाँच सय मिटर दक्षिणमा रहेको शुभलक्ष्मी खाद्य उद्योग नजिकै फेला परेको प्रहरीले जजाएको छ ।
उनको अपहरणपछि हत्या भएको हुनसक्ने इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
दुबही–२ का २१ वर्षीय सुमन झालाई पक्राउ गरिएको हो । मृतक युवा नेपाल टेलिकम क्षेत्रिय कार्यालय विराटनगरमा कार्यरत अधिकृत सुरेन्द्र चौधरीका एक्ला छोरा भएको बताइएको छ ।
सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले घटनाको विषयमा थप अनुसन्धान जारी रहेको बताएका छन् । उनले मृतक युवकको शव धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगाइएको जानकारी दिए ।




प्रतिक्रिया