अपराध महाशाखाको असई भनेर धम्क्याउँदै पैसा असुल्ने दुई पक्राउ

अपराध महाशाखाको असई भनेर धम्क्याउँदै पैसा असुल्ने दुई पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले ठमेलबाट दुई जनालाई प्रक्राउ गरेको छ । प्रहरी हुँ भन्दै धम्की दिएर रकम असुल्ने भक्तबहादुर लिम्बु र हिमाल लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो।

तेह्रथुम आठराई घर भई हाल सामाखुशी बस्ने भक्तबहादुर लिम्बु र ताप्लेजुङ जिल्ला जिल्ला ताप्लेथोक घर भई सामाखुशी नै बस्ने हिमाल लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो।

स्वयम्भु गैरीगाउँ वडा.नं. २ बस्ने आनन्द छोरोदी (धर्म गुरु)लाई आफु अपराध महाशाखाको असई हुँ भनी डर-धम्की दिई अवैध रुपमा रकम असुल गरेको निवेदन दिएपछि उनीहरूलाई पक्राउ गरिएको अपराध महाशाखाका प्रमुख सहकुल थापाले जानकारी दिए।