खोटाङ –आफ्नै ४० वर्षीय छोरालाई कुखुरी प्रहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जन्तेढुङ्गा गाउँपालिका–२ डुम्रिबोटका छोरा गणेश राईलाई ६२ वर्षीय बाबु जमान सिंह राईले खुकुरी प्रहार गरेका थिए ।
सामान्य बादविवादको क्रममा बाबुले खुकुरी प्रहार गर्दा छोरा गणेश घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । छाइते गणेशको जिल्ला अस्पताल खोटाङमा उपचार हुन नसकेकोपछि घरान घोपा अस्पताल रेफर गरिएको छ ।
घटना भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी देवीस्थानबाट खटिएको प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया