क्रिस्टियानो रोनाल्डोले किने विश्वकै महंगो कार


एजेन्सी – युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले विश्वकै महंगो कार खरिद गरेका छन् ।

फुटबलर रोनाल्डोले हालै उक्त कारसँगै बसिरहेको एक तस्बिर समेत सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् सार्वजनिक गरेका छन् ।

उनले ८ दशमलब ५ मिलियन युरो अर्थात्, ७५ करोड मुल्यको विलाशी कार बुगाटी ला भोइटर नोइर खरिद गरेका हुन् । यो कार संसारकै महंगो र विलाशी कार मानिन्छ ।

२०२१ सम्म यो कार रोनाल्डोको हात पर्ने बताइएको छ । साथै यो कार रोनाल्डोको हात पुग्ने बेलासम्म जम्मा ३० मिलियनसम्म पर्नसक्ने बताइन्छ ।

रोनाल्डोले खरिद गरेको उक्त कार प्रतिघण्टा ३ सय ८० किलोमिटरसम्म गुड्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement