गाडीले ठक्कर दिँदा क्रोएसियामा एक नेपालीकाे मृत्यु

गाडीले ठक्कर दिँदा क्रोएसियामा एक नेपालीकाे मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

क्रोयसिया-  गुडिरहेको कारले ठक्कर दिँदा क्रोएसियामा एक नेपालीकाे मृत्यु भएकाे छ । क्रोएसियाको भार्जादिनस्थित कोकाकोला कम्पनीमा कार्यरत बिनोद श्रेष्ठ साइकलमा फर्किने क्रममा कारले ठक्कर दिएपछि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।

नुवाकोट मेगाङ्ग गाउँपालिका १ घर भएका श्रेष्ठ २ बर्ष अघि काठमाण्डुकाे ह्वाइट पर्ल म्यानपावरबाट क्रोएसियाकाे भार्जादिनमा गएका थिए । शब ल्याउन काठमाण्डुस्थित ह्वाइट पर्ल म्यानपावर र नेपाली राजदूताबास अष्ट्रीयास्थित भियानाबाट प्रयास भैरहेकाे हरी लामाले जानकारी दिए ।

त्यस्तै उनले क्रोएसियास्थित नेपाली समाज र व्यावसायी मानसिङ धामिको पहलमा शब नेपाल ल्याउन पहल भैरहेकाे समेत बताए ।