मुख्यसचिव रेग्मीले दिए राजीनामा,परराष्ट्र सचिव वैरागी मुख्यसचिव बन्दै

मुख्यसचिव रेग्मीले दिए राजीनामा,परराष्ट्र सचिव वैरागी मुख्यसचिव बन्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– मुख्यसचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । कात्तिक ३ गते कार्यकाल सकिनुअघि रेग्मीले राजीनामा दिएपछि अव परराष्ट्र सचिव शंकरदास वैरागी मुख्यसचिव वन्ने सम्भावना प्रवल भएको छ । रेग्मीको राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीले विहिवार स्विकृत गरिसकेका छन् । उनलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा वसिरहेको मन्त्रिपरिषदको वैठकले राजदूत बनाउने सम्भावना प्रवल छ ।

मुख्यसचिवको लागी वैरागीसहित मोहनकृष्ण सापकोटा र केदारबहादुर अधिकारी दावेदार छन् । रेग्मीले आफ्नो कार्यकालभरी उक्त पदमा कायम रहेको भए वैरागी ,सापकोटा र अधिकारीले त्यसअघि नै अवकासमा जाने लाइनमा थिए ।

परराष्ट्रको प्रशासनमा लामो समय वैरागीको नेतृत्व

तत्कालीन परराष्ट्र सचिव अर्जुनबहादुर थापाले २०७० पुस ३० गते उमेरहदका कारण अवकाश पाएपछि सरकारले वैरागीलाई निमित्त परराष्ट्र सचिवको जिम्मेवारी दिएको थियो । त्यसयता वैरागीले नै मन्त्रालयको प्रशासनिक नेतृत्व सम्हालिरहेका छन् । निजामती सेवा ऐन अनुसार सचिवमा बढुवा हुन कम्तीमा ५ वर्ष सहसचिव भएको हुनुपर्ने भएकाले वैरागी तत्कालै सचिवमा बढुवा हुन सकेनन् । निमित्त, कायममुकायम सचिव हुँदै २०७२ असोज २२ गते वैरागी सचिव नियुक्त भएका थिए ।

परराष्ट्र मन्त्रालयमा हर्ताकर्ता भएर आउनुअघि वैरागी जेनेभास्थित नेपाली नियोगमा स्थायी प्रतिनिधि तथा राजदूतमा कार्यरत थिए । जेनेभा जानुअघि उनले न्यूयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगमा उपस्थायी प्रतिनिधिका रूपमा काम गरे । वैरागीसँग भारतस्थित नेपाली दूतावास, युरोपेली युनियनका लागि नेपाली मिसन, अस्ट्रेलियास्थित नेपाली दूतावासमा काम गरेको अनुभव समेत छ ।

वैरागीले परराष्ट्र मन्त्रालयको प्रशासनिक नेतृत्व सम्हालेपछि चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण भएको छ । यसलाई अन्तर्राष्ट्रिय सम्बन्धका हिसाबले महत्वपूर्ण मानिन्छ । अमेरिका, जापान, दक्षिण कोरिया लगायत देशसँग पनि नेपालको सम्बन्ध विस्तार र पुनर्ताजगी भएको जानकारहरू बताउँछन् । भारतसँगको राजनीतिक सम्बन्धमा खटपट देखिएपनि प्रशासनिक सम्बन्ध सामान्य नै रहेको बताइन्छ । वैरागीकै नेतृत्वमा केही हप्ताअघि नेपाल–भारत संयुक्त अनुगमन संयन्त्रको बैठक भएको थियो । जसलाई बिग्रिएको नेपाल–भारत सम्बन्ध सुधार्ने सेतुको रूपमा लिइएको छ ।

यो पनि पढ्नुहोस्-

भावी मुख्यसचिवमा शंकरदास वैरागीको पल्ला भारी