सिटिईभिटीको परीक्षा दिने क्रममा चार परीक्षार्थी पक्राउ

सिटिईभिटीको परीक्षा दिने क्रममा चार परीक्षार्थी पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – जनकपुरधाममा शनिबार सिटिईभिटी अन्तर्गतको डिप्लोमाको लागि स्कोलरसीपमा परीक्षा दिने क्रममा चारजना परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरधामको सकल भवन कन्या माविमा शनिबार विहान ७ बजेदेखि ८:३० बजेसम्म भएको परीक्षाको क्रममा परेको परीक्षा केन्द्रभित्र मोबाईल लिएर गएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

परीक्षा केन्द्रभित्र मोबाईल पूर्णरुपमा प्रतिबन्ध गरिएपनि उनीहरु मोबाईल लिएर भित्र छिरेको भन्दै पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ। पक्राउ पर्नेहरुमा सर्लाही जिल्लाकी मलङ्वा नगरपालिका वडा नम्बर ३ रिँकी यादव, धनुषा जिल्ला लक्ष्मीनिया गाउपालिका वडा नम्बर ४ कि रुवी कुमारी यादव, रौतहट जिल्ला गढीमाइ नगरपालिका ५ का सकुन्तला साह र सप्तरी जिल्ला गोदन रसाइन गाउपालिका १० का रामानन्द यादव रहेको प्रहरीले जनाएको हो।

छात्रवृतिको परीक्षामा चोरी गर्ने उदेश्यले मोबाईल चोरेर भित्र छिराएको भन्दै उनीहरुलाई पक्राउ गरिएको जनाउँदै अहिले आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर अनुसंधान भइरहेको छ।