काठमाण्डु – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को रिक्त उपाध्यक्ष पदका लागि २५ जना आवेदकको दरखास्त स्वीकृत भएको छ ।
रिक्त सदस्य सचिव पदमा ४ जनाको दरखास्त स्वीकृत भएको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयले आवेदकहरूको स्वीकृत नामावली सार्वजनिक गरेको हो । गत जेठ २१ गते प्रकाशित दरखास्त आह्वानको सूचना बमोजिम आवेदन दिएर प्रक्रिया र योग्यता पुगेको आवेदकहरूले अब मूल्यांकन समितिले दिएको समयमा अन्तर्वार्ता र प्रस्तुतीकरण दिनुपर्नेछ ।
परिषद्को अध्यक्ष पदेन शिक्षा तथा खेलकुदमन्त्री रहने व्यवस्था छ भने पदाधिकारी रिक्त भएपछि हाल अनोज भट्टराई निमित्त सदस्य सचिव तोकिएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट पदमुक्ति सम्बन्धी विशेष अध्यादेशबाट जारी भएपछि अन्य सार्वजनिक निकायमाझैँ परिषद् पनि पदाधिकारीविहीन भएको थियो ।




प्रतिक्रिया