काठमाडौं – मंगलबार बिहान १० बजे सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा मृत भेटिएका आयोगका नायब सुब्बा बच्चु केसीले आत्महत्या गरेको खुलासा भएकाे छ । उनी मृत भेटिएको ठाउँ नजिकै सेल्फस नामक विषकाे बट्टा भेटिएको प्रहरीले जनाएको छ ।
उनी सोमबार राति ११ बजे कार्यालय प्रवेश गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।राष्ट्रिय योजना आयोगस्थित घटनास्थल पुगेर फर्किने क्रममा सांसद राजन केसीले उनी रातको ११ बजे कार्यालय छिरको जानकारी दिए ।
राष्ट्रिय योजना आयोगमा कार्यरत केसी बिहान आयोगको सभाहलमा मृत भेटिएका थिए ।केसी साँझ ५ः२७ बजे कार्यालयबाट निस्केर पुनः राति ११ बजे आयोगको कार्यालय छिरेको सीसीटीभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ । केसी सोमबार घर नगई कार्यालय मै बसेको अनुसन्धानमा खुलेको महानगरीय प्रहरी परीसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।
मृतक केसीको शव भेटिएको स्थानमै सेल्फस नामक विषादीको बट्टा पनि भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए । फरेन्सिक चिकित्सक ल्याएर घटनाको थप अनुसन्धान भइरहेको बोगटीले जानकारी दिए ।




प्रतिक्रिया