मुटु रोग र उच्च रक्तचापका बिरामीलाई यस्ता छन् दहिका फाईदाहरु


काठमाडौं – दहि स्वादका लागी मात्र नभएर स्वास्थ्यका लागी फाइदाजनक मानिन्छ । हिन्दु धर्म संस्कार अनुसार दहिलाई शुभ संकेतको रुपमा समेत हेर्ने गरिन्छ,।दहिले मानिसको पाचन प्रक्रियालाई समेत फाइदा पुग्छ । साथै दहिले अनुहारमा सुन्दरता पनि ल्याउछ ।

दहिमा मुटुको रोग,उच्च रक्तचाप बिरामी जस्ताको बिरामीको संम्भावनालाई कम गर्ने क्षमता हुन्छ । यसले कोलस्टोरोललाई बढाउन मद्धत गर्छ । र मुटुको धडकनलाई सहि अवस्थामा राख्न मद्धत पूयाउंछ ।

दहिमा हुने रासायनिक पदार्थले गर्दा पाचन प्रक्रियालाई फाइदा पुर्याउँछ र अन्य रोगहरूमा पनि फाइदा गर्छ । पाचन सम्बन्धी समस्याका लागी दही निकै राम्रो मानिन्छ । दहीमा पाइने प्रोटिन, क्याल्सियम, राइबोफ्लेबिन, भिटामिन बी जस्ता पोषक तत्वका कारण पनि यो स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ । दाँत तथा हाडलाई मजबुत बनाउने क्याल्सियम पनि दुध भन्दा दहीमा १८ गुणा बढि पाइन्छ ।

दही खानुका फाईदाहरु

पाचन शक्तिमा बृद्धि :पाचन शक्ति बढाउनका लागि गर्मीमा दहीको नियमित सेवन गर्नु शरिरका लागि निकै फाइदा जनक हुन्छ । दहीले रगतको कमी र कमजोरीलाई पनि कम गर्ने गर्छ । दूधले जब दहीको रूप लिन्छ, तब दहीमा अम्लिय पदार्थको निर्माण हुन्छ, यसले पाचन प्रक्रियामा मद्धत गर्छ । जुन मानिसहरूलाई भोक कम लाग्छ ती मानिसहरूलाई दही खुवाउने गरे भोक प्रशस्त मात्रामा लाग्ने गर्छ ।

पेटको गर्मीमा कमी : गर्मीको समयमा दहीको लस्सी बनाएर पिउनाले पेटको गर्मी शान्त हुन्छ । दही पिएर घरबाट निस्किँदा लूको खतरामा पनि कमी आउँछ । पेटमा भएको गडबडीमा पनि दही फाइदाजनक हुन्छ । यस्तो अवस्थामा दही चामलमा मिसाएर खानाले फाइदा गर्छ ।

मुटुको समस्यामा फाइदा : दहीमा मुटुको रोग, उच्च रक्तचाप जस्ता बिमारीको सम्भावनालाई कम गर्ने क्षमता हुन्छ । यसले कोलस्टेरोललाई बढाउन मद्धत गर्छ र मुटुको धड्कनलाई सही अवस्थामा राख्न मद्धत गर्छ ।

तौल बढाउन : पातलो व्यक्तिहरूले यदी दहीमा किशमिश, बदाम, दोकडा मिसाएर खाने गरे तौल बढ्छ ।

सौन्दर्य : दही शरिरमा लगाएर नुहाउनाले छाला कोमल र राम्रो हुन्छ । दहीमा कागतीको रस मिसाएर अनुहारमा, घाँटी, हातमा लगाउनाले शरिरको छाला निकै स्वस्थ र मुलायम हुन्छ । दहीको लस्सीमा मह मिसाएर पिउनाले पनि सौन्दर्यतामा निखार आउँछ ।

रोग प्रतिरोधक क्षमता बढाउन : दहीले रोग प्रतिरोधात्मक क्षमतामा बृद्धी गर्छ । यसले एलर्जीको समस्यामा पनि फाइदा गर्छ । दाँतसँग सम्बन्धीत रोगहरूलाई पनि यसले फाइदा गर्छ ।

अनिन्द्रा : रातमा निन्द्रा नलाग्ने समस्याबाट जोगिनका लागि पनि दहीको प्रयोग फाइदाजनक हुन्छ ।

पसिनाको दुर्गन्ध कम गर्न : गर्मीमा पसिना निकै आउने गर्छ । यस्तोमा दही र बेसनको मिश्रणले मालिस गरेर केहीबेर पछि नुहाउनाले पसिनाको दुर्गन्ध हराउँछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement