करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला – करेन्ट लागेर जुम्लामा १ जनाको मृत्यु भएको छ ।

चन्दननाथ नगरपालिका–१ आचार्यवाडा घर भई पातारासी गाउँपालिका–५ लासी बजारमा होटल सञ्चालन गरी बस्ने ३१ वर्षीय अर्जुन महतराको करेन्ट लागेर मृत्यु भएको छ ।

आफ्नै घरमा सीसीटीभी क्यामेरा जोडने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा मृत्यु भएको हो ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।