काठमाण्डु– विवाह घरमा करेन्ट लाग्दा मोरङमा २ महिलाको मृत्यु भएको छ ।
रतुवामाई नगरपालिका–३ स्थित मिर्चाडाँगीमा वैवाहिक कार्यक्रम चलिरहेको ठाउँमा गीत गाइरहेका दुई महिलाको करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागेर रतुवामाई नगरपालिका–३ मिर्चाडाँगीका सतारुलाल गनगाईकी श्रीमती ७१ वर्षीया सूर्यदेवी गनगाई र जतरुलाल गनगाईकी श्रीमती वर्ष ७० की रामुदेवी गनगाईको मृत्यु भएको हो।
हावाहुरीका कारण लच्किएको जग्गेको बाँसले हाइ टेन्सन लाइनमा छुँदा कार्यक्रम स्थलमा करेन्ट प्रवाह भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
करेन्ट लागेर अर्की ३० वर्षीय राधाकुमारी सिंह घाइते भएकी छन्। उनको नगर अस्पताल झुर्कियामा उपचार गरिएको छ।




प्रतिक्रिया