जब ट्रक ड्राइभरले ५८ सय साइकलको सीट चोरे…


एजेन्सी – विश्वमा अचम्मका मानिसहरु पनि हुने गरेका छन् । उनीहरुले गरेका काम हेरर तपाईलाई अचम्म पनि लाग्न सकछ । जापानको ओसाकाको प्रहरीले ५७ वर्षको हिरोआकी सूडालाई पक्राउ गरेपछि जुन तथ्य बाहिर आयो त्यो सुनेर तपाईलाई पनि अचम्म लाग्न सक्छ ।

एक रेल स्टेशनमा र हिगाशियोसाकामा साइकलको पार्किङबाट सूडा साइकलको सीट चोर्दै गरेको सीसीटीभीमा कैद भयो । यो भिडियोको क्लिपको आधारमा प्रहरीले अनुसन्धान सुरु ग¥यो र १३ फेब्रुअरीमा सूडालाई गिरफ्तार गर्यो ।

जब प्रहरीले उनलाई सीट किन चोरेको भनेर सोध्दा सूडाले यसो गर्दा आपूmला मज्जा आउने बताए । जब उनले आपूmले २५ वर्षदेखि यो काम गर्दै आएको बताए प्रहरीलाई यो विषयमा एकिननै भएन ।

सूडाले हालसम्म ५८०० को हाराहारीमा साइकलको सीट चोरेको बताएका छन् । सूडाको संकेत अनुसार एक भाडामा लिएको स्टोरेजबाट प्रहरीले यी सीट बरामद ग¥यो र ट्रक ड्राइभर सूडालाई चोरीको आरोपम गिरफ्तार गर्यो ।

उनले २९ र ३० नोभेमबरमा रेल स्टेशन र हिगाशियोसाकाको पार्किङबाट साढे ९ हजार रुपैयाँको सीट चोरी गरेका थिए । उनले टोकियो र ओसाकाबाट साइकलको सीट चोर्न सुरु गरेका थिए । सुरुमा उनले यस किसिमको काम तनाव कम गर्नक लागि गर्थे । तर, पछि उनलाई यो कामबाट मज्जा आउन थाल्यो । उनलाई साइकलको फरक–फरक सीट जम्मा गर्न आनन्द आउथ्यो ।

प्रहरीले उनीबाट हजारौको संख्यामा साइकलको सीट बरामद गरेको छ । जब उनी ट्रकबाट एउटा सहरबाट अर्को सहरमा जान्थे, सुनसानमा रहेको साइकलको सीट चोर्ने गर्दथे ।

प्रतिक्रिया दिनुहोस
Advertisement