चीनबाट झिकाइएको अक्सिजन सिलिन्डर राजधानी भित्रिंदै


काठमाण्डु – निजीक्षेत्रले चीनबाट झिकाएको अक्सिजन सिलिन्डर तातोपानी भन्सार आएको छ । दुइ हजार पांच सय ३० थान खाली सिलिन्डर भन्सार जांचपास पछि आजै राजधानी पुग्ने तातोपानी भन्सार कार्यालयका सूचना अधिकृत रामचन्द्र ढकालले जानकारी दिए ।

नेपाः हिमा ट्रेड लिङ्क कम्पनीले झिकाएको मध्यम खालको ११ केजी तौलको उक्त सिलिन्डर सिल्क ट्रान्सपोर्ट प्रालिले ढुवानी गरेको ट्रान्सपोर्टका अध्यक्ष रमेश शेर्पाले बताए । चीनबाट झिकाइएको जम्मा २० हजार सिलिन्डर मध्ये दुइ हजार थान नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट ल्याइने र १८ हजार थान सडक मार्ग हुंदै राजधानी ल्याइने बताइएको छ

प्रतिक्रिया दिनुहोस
Advertisement