काठमाण्डु- डडेल्धुरामा सार्वजनिक जग्गा अतिक्रमण गरेको पाइएको छ । जिल्लाको परशुराम नगरपालिका ३ शीर्षमा सार्वजनिक जग्गामा मनपरि हिसावले बसोवास गरेको पाइएको हो ।
शीर्षमा सार्वजनिक जग्गामा घर बनाएर टिका थलाल बर्षौँ देखि बस्दैँ आएका छन् । टिका थलालले सार्वजनिक जग्गामा घर बनाएर मात्र बनाएका छैनन्, उनले रुखहरु पनि कडानी फडानी गरेको पाइएको छ ।
मस्कैधारमा भगवती निगलासैनी मन्दिरको गुठि भित्रको जग्गामा रहेका सल्लाका रुखहरु थलालले कटान गरी सो गुठिको जग्गा समेत अतिक्रमण गरेका थिए । २०७७ सालको असारमा टिका थलालले बन फडानी गरेको भन्दैँ जोगबुढा सव डिभिजन वन कार्यालयामा निवेदन परेको थियो ।
त्यसपछि उनिविरुद्ध डडेल्धुरा जिल्ला अदालतमा मुद्धा परेको थियो । जिल्ला अदालतले थलाललाई ५० हजार जरिवानामा रिहा गर्न र फडानी गरेको जमिन छाड्नको लागि कागजात गर्न आदेश दिएको थियो । त्यसपछि थलाल ५० हजार जरिवाना तिरेर रिहा भए । उनले अदालतलाई ५० हजार जरिवाना तिरेपनि सार्वजनिक जग्गा भने छाडेनन् । हाल पनि उनले सार्वजनिक जग्गामा घर बनाएका छन् ।
टिका थलालले अहिले पनि बनजंगल फडानी गरेर विक्रि वितरण गर्ने गरेको त्यहाँका स्थानीयहरुले बताएका छन् । टिका थलालले वर्षौँदखि मनपरी ढंगले सार्वजनिक जग्गा अतिक्रमण गरेपनि जिल्ला बन कार्यालय डडेल्लधुराले कुनै कारबाही गरेको छैन् । टिका थलालसँग जिल्ला बन कार्यालय डडेल्धुरा लगायतको पनि मिलेमतो रहेको एक जना स्थानीयले जानकारी दिए। यसरी खुलेआम टिका थलालले वर्षौ देखि जग्गा अतिक्रमण गरेपनि जिल्ला बन कार्यालय डडेल्धुरा भने वेवास्था गरेकाे छ ।
जिल्ला बन कार्यालय डडेल्धुराले यसबारेमा कुनै प्रक्रियानै अगाडि बढाएको छैन । जिल्ला बन अधिकृत राम बिचारि ठाकुरले टिका थलाललाई कारबाही गर्छु भनेर पटक पटक आश्वासन मात्र दिने गर्दछन् । तर, ठाकुरले थलाललाई कारबाही गर्न कुनै पहल नै गर्दैनन् । जिल्ला अदालतले टिका थलाललाई दोषी ठहर गरेपछि थलालले शीर्ष छाडेर कैलालीको धनगढी बसाइ सरेका थिए ।
त्यसपछि पूनः टिका थलाल शीर्ष फर्केर सार्वजनिक जग्गामा घर लगाउँदैछन् । तर, बन अधिकृत ठाकुरलाई यसबारेमा पटक पटक जानकारी गराउँदा पनि उनले वेवास्था गरेका छन् । यस विषयले परशुराम नगरपालिकामा सार्वजनिक जग्गा खुलेआम अतिक्रमण गर्न पाइन्छ ? की टिका थलाललाई मात्र सार्वजनिक जग्गा अतिक्रमण गर्ने छुट हो भन्ने प्रश्नसमेत जिल्ला बन कार्यालय डडेल्धुरा सामु खडा गरेको छ ।




प्रतिक्रिया