डडेल्धुरा- डडेल्धुरामा १३ वर्षीया बालिकामाथि बलात्कार भएको छ । प्रहरीका अनुसार जिल्लाको परशुराम नगरपालिका – ३ मटेलाकी १३ वर्षीया बालिकामाथि शनिबार राति बलात्कार भएको हो ।
प्रहरीले बालिकामाथि बलात्कार गरेको आरोपमा एक युवकसहित बलात्कार गर्न सघाउने बालिकाकी भाउजू नाता पर्ने २५ वर्षीया महिला र उनका प्रेमी भनिने अर्का व्यक्तिलाई पनि पक्राउ गरेको छ ।
बालिकामाथि बलात्कार गरेको आरोपमा दार्चुलाको नौगाड गाउँपालिका–५ घर भई जोगबुढामा अटो रिक्सा चलाउँदै आएका २७ वर्षीय जगदीश धामीलाई पक्राउ परेका छन् ।
धामीलाई सघाउने परशुराम नगरपालिका-१० का २३ वर्षीय रमेश ठगुन्ना र बालिकाकी भाउजू नाता पर्ने २५ वर्षीया महिलालाई पनि पक्राउ परेका छन् ।
ती महिलाले बालिकालाई आफूसँगै सुत्न भनेर बोलाएको र बलात्कार गर्न धामीलाई सघाएको प्रहरीले जनाएको छ । घटना बाहिर नभन्ने शर्तमा बालिकालाई पाँच सय रुपैयाँ समेत दिएको खुलेको छ ।
प्रहरीका अनुसार गाउँमा हल्ला भएपछि घटना बाहिरिएको हो । उनीहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुरा पठाइएको छ ।




प्रतिक्रिया