एमालेमा लागेपछि सांसद पद गुमाएका न्यौपानेले फिर्ता गरे सांसदको गाडी


रुपन्देही – लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य दधिराम न्यौपानेले सरकारी सुविधाको गाडी फिर्ता गरेका छन् ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि एमालेमा लागेका न्यौपानेलाई माओवादीले कारबाही गरेपछि संसदीय समितिको सभापतिको हैसियतमा लिएको लु १ झ ४४९ नम्बरको गाडी र एउटा स्ट्यान्ड पंखा संसद सचिवालयलाई फिर्ता गरेका हुन् । सांसद पदबाट हटेको भोलिपल्टै उनले गाडी फिर्ता गरेका हुन् ।

सांसदबाट हटेपछि सरकारी सुविधा लिनु आवश्यक नभएको भन्दै उनले बुधबार बिहान १० बजे गाडीको साँचो संसद सचिवालयलाई हस्तान्तरण गरेका हुन् । माओवादीले कारबाही गरेपछि न्यौपाने अब एमालेको केन्द्रीय सदस्यमात्र रहनेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement